२०८२ भाद्र २२ गते आइतबार
मुख्य मेनु
/ राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखरा

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखरा

अध्यावधिक मिति २०८२ भाद्र १४ गते शनिबार

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखरा

राष्ट्रिय परीक्षा बोर्डको मातहतमा प्रत्येक प्रदेशमा एक एक वटा प्रादेशिक कार्यालय र ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेश, पोखरा, कास्की राष्ट्रिय परीक्षा बोर्डका ७ वटा प्रादेशिक कार्यालयहरु मध्येको एक हो । यसले साविकका गण्डकी र धवलागिरी अञ्चलका १० जिल्लाबाट कक्षा १२ को अध्ययन पूरा गर्ने विद्यार्थीहरुलाई ट्रान्सक्रिप्ट, माइग्रेशन, प्रोभिजनल र सप्लिमेन्ट्री प्रमाणपत्रहरु उपलब्ध गराउनुका साथै सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरुसँग समन्वय गरी परीक्षाको व्यवस्थापन र सञ्चालन सम्बन्धी कार्यहरू गर्ने गर्दछ । यस कार्यालय विगत वर्षहरुमा पोखरा महानगरपालिका वडा नं. ७ बाट सञ्चालन हुँदै आएकोमा वि.सं. २०८० असार ३१ गतेदेखि पोखरा महानगरपालिका वडा नं. १, बगर, कास्कीमा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

थप सूचनाहरु